कुशल फार्मेसी अभ्यास
असल फार्मेसी अभ्यास (Good Pharmacy Practice) आजको आवश्यकता मात्र होइन, जिम्मेवार औषधि व्यवसायको आधार हो। नेपाल औषधि व्यवसायी संघ नगर कमिटीको संयोजकत्वमा नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाद्वारा आयोजित यस असल फार्मेसी अभ्यास अभिमुखीकरण कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई केवल नियम र निर्देशिका सम्झाउनु मात्र होइन, हामीले दैनिक रूपमा गर्दै आएको औषधि व्यवसायलाई अझ सुरक्षित, व्यवस्थित, जिम्मेवार र जनमुखी कसरी बनाउने भन्ने विषयमा व्यवहारिक समझ विकास गर्नु हो। फार्मेसीमा हामीले बिक्री गर्ने प्रत्येक औषधिको पछाडि कुनै न कुनै व्यक्तिको स्वास्थ्य, विश्वास र जीवन जोडिएको हुन्छ। त्यसैले सही औषधि, सही जानकारी, सही भण्डारण, सही अभिलेख र सही परामर्श हाम्रो व्यवसायिक कर्तव्य मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो। आजको प्रतिस्पर्धात्मक र परिवर्तनशील औषधि बजारमा असल फार्मेसी अभ्यासलाई अपनाउनु भनेको व्यवसायलाई कमजोर बनाउनु होइन, व्यवसायप्रतिको विश्वास र भविष्यलाई बलियो बनाउनु हो। सुरक्षित औषधि, जिम्मेवार व्यवसाय र स्वस्थ समाजका लागि GPP हाम्रो साझा प्रतिबद्धता हो।
तस्बिरहरू
कुशल फार्मेसी अभ्यास