एनसीडीएले संघीय संरचना अपनायो
•
२ मिनेट पढाइ
शनिबार नेपालगञ्जमा सम्पन्न संघको साधारण सभाले अञ्चल विभागहरू खारेज गर्दै प्रादेशिक कार्यालयहरू स्थापना गरेको छ। संघका कार्यवाहक अध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बाबुराम भट्टराईले संघीयताको भावना अनुरूप साधारण सभाबाट विधान अनुमोदन भएको पुष्टि गरे।
१९७३ मा स्थापित यस संघलाई केन्द्रीय समिति, अञ्चल विभाग र जिल्ला उपसमितिहरूमा विभाजन गरिएको थियो।